त्रिभुवन विमानस्थलमा विशेष सुरक्षा कार्यदल « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


त्रिभुवन विमानस्थलमा विशेष सुरक्षा कार्यदल


0
Shares

काठमाडौं, असार २४ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि बिहीबारदेखि डिएसपीको नेतृत्वमा विशेष कार्यदल खटाएको छ ।

विमानस्थल सुरक्षामा रहेको महानगरीय प्रहरीको विमानस्थल सुरक्षा गार्डलाई सघाउने गरी ३५ जनाको विशेष टोली खटाइएको हो ।

विमानस्थलका डिआइजी गोविन्दप्रसाद निरौलाले विशेष कार्यदलबाट टोली आएको बताए । उनका अनुसार आधुनिक हतियार, उपकरणसहित खटिएको टोली चौबीसै घण्टा अलर्ट रहने गरी विमानस्थलको सुरक्षा प्रवन्ध मिलाइएको छ ।

केही दिनअघि बंगलादेशमा आतंककारी हमला भएको सन्दर्भमा गृहमन्त्रालयमा आइतबार बसेको सुरक्षा महाशाखा बैठकले देशभर उचित सुरक्षा प्रवन्ध गर्ने निर्णयसँगै मातहत निकायले आफ्नो जनशक्ति र स्रोतसाधन अनुसार सुरक्षाकर्मी परिचालन गरेका हुन् । – नागरिक दैनिकबाट