Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


बाढीले अचानक पुल बगाएपछि २२ परिवार जंगलमै फसे


0
Shares

ताप्लेजुङ, असार २४ । ताप्लेजुङको लेलेप गाविसस्थित घुन्सा खोलाले कञ्चनजंघा हिमालको बेसक्याम्प जाने बाटोको पुल बगाउँदा २२ परिवार जंगलमै फसेका छन् ।

चौरी गोठ गएका उनीहरु हिजो परेको पानीले पुल बगाएपछि जंगलमै फसेका हुन् । खोलाको पानी नघटेकाले उनीहरुको उद्धार हुन सकेको छैन ।