प्रमुख निर्वाचन आयुक्तमा डा. यादवको नाम अनुमोदन « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


प्रमुख निर्वाचन आयुक्तमा डा. यादवको नाम अनुमोदन


0
Shares

काठमाडौं, असार २४ । संसदको संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा डा. अयोधीप्रसाद यादवको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

समितिको आज बसेको बैठकमा यादवको सुनुवाई भएको हो । लगत्तै बैठकले यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिको बैठकमा यादवले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । संसदीय समितिको अनुमोदनसँगै यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो खुलेको छ ।

संवैधानिक परिषदको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । कार्यवाहक प्रमुख आयुक्त यादवको पुनर्नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुंगो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका थिए । तर, उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीका बारेमा सोधपुछ गर्न सम्भव नभएकाले सिधै संसदीय सुनुवाइ गरिएको थियो ।