२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


मदिनामा भएको विस्फोटमा संलग्न भएको आशंकामा १९ जना पक्राउ


0
Shares

रियाद, असार २४ । साउदी अरबको मदिना मस्जिदमा गत साता गराइएको विस्फोटमा संलग्न भएको आशंकामा १९ जनालाई पक्राउ गरिएको छ । जसमा १२ जना पाकिस्तानी नागरिक रहेको साउदी अरब सरकारले जनाएको छ ।

साउदी अरबमा रहेको पैगम्बर मोहमदको मस्जिदमा प्रवेश गर्न खोज्ने साउदी नागरिक नै रहेकोसमेत खुलासा भएको छ । चार सुरक्षाकर्मी मारिएको उक्त घटनापछि साउदी अरबमा सुरक्षा ब्यवस्था कडा बनाइनुका साथै आक्रमणमा संलग्नको खोजी तीब्र पारिएको छ ।

गत ५ जुलाईमा साउदी अरबको तीन शहरमा आत्मघाती आक्रमण गराइएको थियो । पहिलो विस्फोट अमेरिकी दूतावास बाहिर, दोश्रो शिया समुदायको बाहुल्यता रहेको क्षेत्र कतिफ र तेश्रो मदिनामा गराइएको थियो ।

यता पाकिस्तान सरकारले भने आफ्ना नागरिकको संलग्नता अस्वीकार गर्दै आएको छ । पाकिस्तानी गृह मन्त्रालयले एक वक्तव्य प्रकाशित गरी घटनामा आफ्ना नागरिक संलग्न नरहेको जनाएको हो । (एजेन्सी)