Logo २४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026


दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न कांग्रेस र माओवादीद्धारा सरकारको ध्यानाकर्षण


0
Shares

काठमाडौं, असार ३० । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले दैनिक कामकाजका सामान्य कामबाहेक कुनैपनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न वर्तमान सरकारको ध्यानाकर्षण गरेका छन् ।

संविधान र प्रचलित कानुनबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति विश्वास छैन भनी व्यवस्थापिका–संसदभित्र रहेका १३ ओटा राजनीतिक दलले असार २९ गते अविश्वासको प्रस्ताव दर्ता गरिसकेपछिको विकसित परिस्थितिमा दुई ठूला दलले विहीबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गरेका हुन् ।

साथै, सत्ता साझेदार दोस्रो ठूलो दल माओवादी केन्द्रले वर्तमान सरकारबाट समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको पनि दुबै दलले स्पस्ट गरेका छन् । रासस