
थाइल्यान्ड, असार २६ । थाइल्यान्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबैजनाको मंगलबारसम्ममा उद्धार गरिएको थाइल्यान्डको नौसैनिक एक एकाइले आफ्नो फेसबुक पेजमा जनाएको छ ।
फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक १८ दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए ।
नौसैनिक स्रोतले दिएको जानकारीअनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ ।
यद्यपि, लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको छ ।
नौसेनाल भनेको छ–‘सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।’
यद्यपि, उद्धारका लागि गुफाभित्र गएका चारजना भने मंगलबार यो समाचार तयार पार्दासम्म अझै बाहिर आइसकेका छैनन् । उनीहरू बाहिर निस्कनेक्रममा बाटोमा नै रहेका बताइएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्