२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


टर्कीमा १ सय ४ बढीको मृत्यु, किन भयो सैन्य ‘कू’ को असफल प्रयास ?


0
Shares

काठमाडौं, साउन १  । टर्कीमा सैन्य ‘कू’ को प्रयासको समाचारले विश्वभर सनसनी फैलिरहेको छ । सैन्य कु पछिको भिडन्तमा कम्तिमा १ सय ४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर यस्तो भयानक घट्ना घटाउने प्रयास टर्कीज सैनिकहरुले किन गरे भन्ने विषयमा सबैको चासो केन्द्रीत छ । कतिपय विश्लेषकहरुले यस्तो घट्ना पछाडी अनेकौं कारणहरु रहेको आंकलन गरिरहेका छन् । प्रथमतः राष्ट्रपति रेसिप तैयिप एर्दोगानसँग सैनिकहरु रुष्ट थिए ।

किनकी थुप्रै सैनिक अधिकारहरु कटौती भएका छन् । देश भित्रै अन्तरविरोधहरु भइरहेका थिए । आफूलाई प्रजातन्त्रका पिता मान्ने राष्ट्रपति रेसिप तैयिप एर्दोगान घटनाको समयमा राष्ट्रपति विदा मनाइरहेका थिए । यही मौका छोपेर सेनाले ‘कू’को प्रयास गरेको हुनसक्ने आकंलन पनि गरिएको छ । यतिमात्र कारण नभै अन्य थुप्रै कारणहरुको खोजी भइरहेको छ ।

टर्कीका राष्ट्रपतिले सैन्य कु को प्रयासलाई पूर्णरुपमा नियन्त्रण गरिएको दाबी गरेका छन् । टर्कीमा सैनिकहरुको एउटा समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको केही घण्टामै राष्ट्रपतिले इस्तानबुलमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै त्यो प्रयास असफल भएको र सरकारले त्यसलाई नियन्त्रणमा लिएको दाबी गरेका हुन् ।

सरकारले कू को प्रयासमा संलग्न रहेको आरोपमा १ हजार ५ सय ६३ जना सैन्य अधिकारीलाई पक्राउ गरेको छ भने ३० जना सैन्य अधिकारीहरुलाई बर्खास्त गरिएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

शुक्रकार राति टर्कीस सेनाको एक समूहले सेनाका हातहतियार, टुयांक, हेलिकोप्टरलगायतको प्रयोग गरेर निर्वाचित सरकारलाई सत्ताच्युत गर्ने प्रयास गरेको थियो ।

कू गर्ने प्रयास गरेको सेनाको समूहले बन्दी बनाइएका सेना प्रमसख हुलुसी अकरलाई उद्दार गरिएका अधिकारीहरुले जनाएका छन् ।

अहिले टर्कीको अंकारा तथा इस्तानबुललगायतका विभिन्न स्थानमा कब्जा जमाएर बसेका सैनिकहरुले आफ्नो हातहतियार प्रहरीलाई बुझाउँदै आत्मसमर्पण गर्न थालेको पनि बताइएको छ ।

गएराति राजधानी अंकारा र अर्को मुख्य शहर इस्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन भएका थिए ।

एक टिभी स्टेसनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका थिए । उनीहरुले टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणा समेत गरेका थिए ।