एसएसपीसहित १४ सय प्रहरीलाई विभागीय कारवाही « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


एसएसपीसहित १४ सय प्रहरीलाई विभागीय कारवाही


0
Shares

काठमाडौं, साउन ५ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली विपरीत काम कारवाही गरेको आरोपमा वरिष्ठ उपरीक्षक (एसएसपी) सहित एकहजार चार सय १९ जनालाई विभागीय कारवाही गरेको छ ।

जसमध्ये आठजना प्रहरी उपरीक्षक, नौजना नायव उपरीक्षक र १८ जना प्रहरी निरीक्षक विभागीय कारवाहीमा परेका हुन् । एकजना प्रहरी उपरीक्षकको पदोन्नति रोक्का र चार जनाले नसिहत पाएका छन् ।

यस आर्थिक वर्षमा दुईजना प्रहरी निरीक्षकसहित ३० जनालाई सेवाबाटै बर्खास्त गरेको छ । यस्तै तीनजना नायव निरीक्षकसहित दुई सय १४ जनालाई सेवाबाट हटाइएको कार्यालयले जनाएको हो । दुईजना निरीक्षकसहित एक सय तीनजना निलम्बनमा परेका छन् ।

प्रधान कार्यालयका अनुसार अघिल्लो वर्ष विभागीय कारवाहीमा पर्नेको संख्या एकहजार सात सय तीन थियो । यस वर्ष करिब तीन सय कम प्रहरी अधिकारी कारवाहीमा परेका हुन् ।

प्रहरी प्रवक्ता नायव महानिरीक्षक माधव जोशीका अनुसार प्रहरीको नयाँ नियमावलीले बृत्ती विकासदेखि अवसरसम्म प्रहरी अधिकारीका सम्पूर्ण गतिविधि मूल्यांकन गर्ने व्यवस्थापछि कारवाहीमा पर्ने प्रहरी संख्यामा कमी आएको हो । –नागरिक दैनिककाट