
काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जबर्जस्ती नगर्न विपक्षी दलहरुलाई चेतावनी दिएका छन् ।
एमाले मजदुर संगठन ‘जिफन्ट’को प्रतिनिधि परिषदको बुधबार राजधानीमा उद्घाटन गर्दै उनले आधारभूत नियम कानुन र संसदीय प्रणालीअनुसार चल्न र देशलाई द्वन्द्वतर्पm लैजाने चेस्टा नगर्न आग्रह गरे ।
एमालेको बढ्दो लोकप्रियताबाट तर्सिएर अविश्वास नामको ईष्र्या प्रस्ताव आएको उनको भनाइ थियो ।
दुई तिहाइ मतले अविश्वासको प्रस्ताव पारित गर्ने नेकपा माओवादी केन्द्रको दाबीप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाइ भए त संविधान नै संशोधन गरेर देखाउन पनि चुनौती दिए ।
कार्यक्रममा जिफन्टका संस्थापक माधव न्यौपानेको नाममा राखिएको पुरस्कार सुनसरीका जुट कार्पेट टेक्सटायल मजदुर ओमप्रकाश महतो र अर्का संस्स्थापक नुरु वाङ्छुको स्मृतिमा राखिएको पुरस्कार दोलखाका माउन्टेन गाइड लालबहादुर जिरेललाई प्रदान गरिएको थियो ।
यस्तै, गंगादेवी स्मृति छात्रबृत्ति पुरस्कार नमिता राई र बोनम्यारोका बिरामी बालकृष्ण महर्जनलाई गंगादेवी स्वास्थ उपचार सहायता प्रदान गरिएको थियो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्