१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


‘बाह्रबिसे–तातोपानी सडक साताभित्रै खुल्ने’


13
Shares

                                                               फाइल फोटो

चौतारा, साउन ६ । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा दुई साताअघि आएको बाढीले क्षतविक्षत बाह्रबिसेदेखि तातोपानीसम्मको सडक केही दिनभित्रै खुलाइने भएको छ ।

सम्पूर्ण मानवशक्ति र यान्त्रिक औजार प्रयोग गरी द्रुतगतिमा काम भइरहेको हुँदा अबको तीन/चार दिनभित्रै मितेरीपुलको लिपिङसम्मको सडक खुलाइने सडक कार्यालय मध्यमाञ्चल क्षत्रीय निर्देशक अयोधिप्रसाद श्रेष्ठले बताए ।

बाह्रबिसे–तातोपानी(२६ किमी) सडकखन्डको निरीक्षण गरी फर्किएका निर्देशक श्रेष्ठकाअनुसार बाह्रबिसेदेखि माथि विभिन्न ठाउँमा गएको पहिरोलगायत अवरोध हटाइ विहीबार मार्मिङ गाविसको चाकुबजारसम्म सडक सन्चालन भएको छ ।

हालसम्म १३ किमि सडक खुलाइसकिएको छ ।

नदीले कटान गरेको बाह्रबिसे बजारभन्दा केही पर रहेको सडक अन्तैबाट खुलाइसकेको र गाती गाविस, जम्बुमा कटान गरिएको सडकसमेत खुलाइसकेको सडक डिभिजन कार्यालय चरीकोटका डिभिजन इन्जिनियर अशोक तिवारीले जानकारी दिए ।

सो क्षेत्रमा अहिले वर्षा भइरहेकाले काम गर्न गाह्रो भएपनि प्राविधिकसहितको टोली परिचालन गरी दैनिक चार यन्त्र प्रयोग भइरहेको छ । रासस