१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


मध्यरातमा आएको बाढीले परासी बजार डुबानमा, छतमा बसेर रात काटे स्थानीयले (भिडियो)


0
Shares

परासी, साउन ७ । अविरल वर्षासँगै नवलपरासीको झरही र रावण खोलामा आएको बाढीले परासी बजार डुबानमा परेको छ ।

गएराति परासीमा बाढी आएपछि सर्वसाधारण त्रसित भएका छन् । बाढीले शहर नै डुबानमा पारेपछि स्थानीयबासिन्दा रातभर घरको छतमा चढेर बसेका थिए ।

सरकारी कार्यालयसमेत पूर्णरुपमा डुबानमा परेका छन् । कार्यालयका कागजपत्र, कम्प्युटरलगायतका सामाग्री डुबेका छन् ।

सडकसमेत जलमग्न हुँदा सवारी आगमनमा समेत अवरोध पुगेको छ । बाढी अझै नरोकिएको प्रहरीले जनाएको छ । बजार क्षेत्र डुबानमा परेपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई उद्धारमा खटाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

रातको समयमा डुबान भएका कारण क्षतिको विवरण भने आईनसकेको पन्थले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्