
कपिलदेव खनाल (इमेज)
नुवाकोट, असार २६ । नुवाकोटस्थित त्रिशूली जलविद्युत् केन्द्रको उत्पादनगृहमा आगोलागी भएपछि सो गृहबाट विद्युत् उत्पादन अवरुद्ध भएको छ ।
विद्युत्गृहबाट उत्पादन भएको विद्युत् टान्सफर्मरसम्म पुर्याउने तारमा जडान गरिएको ‘बसबार’मा मंगलबार दिउँसो आगोलागी भएको हो ।
आगोलागीबाट बसबार जलेर नस्ट भएको छ भने अरु स्थानमा पनि असर गरेको छ ।
क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादनगृहका प्रमुख तारादत्त भट्टले बताए ।
दमकल प्रयोग गरी आगो निभाउँदा विद्युतीय उपकरणमासमेत थप क्षति पुगेको जनाइएको छ ।
आगोलागीका कारण २१ मेगावाट क्षमताको जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको छ ।
उक्त केन्द्रले वि.सं. २०२३ देखि विद्युत् उत्पादन सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्