१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


गोरखा भूकम्पले लडाएका उपत्यकाकै यी सम्पदा सकेनन् अझै उठ्न (१७ तस्वीर)


0
Shares

काठमाडौं, वैशाख ११ । ‘गोरखा भूकम्प’ गएको चार वर्ष भइसक्यो । तर, राजधानी काठमाडौं उपत्यकामै रहेका पुरातात्विक महत्वका सम्पदा र दरबारहरु अझै बनाइएको छैन ।

२०७२ सालको वैशाखमा गोरखाको बारपाकमा गएको शक्तिशाली भूकम्पले काठमाडौंसहित देशका विभिन्न भागमा रहेका पुरातात्विक महत्वका सम्पदामा ठूलो क्षति पुर्‍यायो ।

भूकम्पबाट क्षति पुगेका सबै सम्पदा पुनःनिर्माणका लागि १० अर्ब रुपैयाँभन्दा बढी रकम लाग्ने बताइएको छ ।

ती सबै सम्पदा सरकार आफ्नै स्रोतबाट बनाउन नसकेपछि दातृनिकायको सहयोगमा बनाउने अभियान पनि द्रुतगतिमा हुन सकेको छैन ।

काठमाडौं हनुमानढोका दरबार/वसन्तपुर, भक्तपुर र पाटन क्षेत्रकै कतिपय सम्पदा र दरबारहरु अझै बनाउन नसकिएको हो ।

यद्यपि, सरकारले भूकम्पले क्षति पुर्‍याएकामध्ये २२३ सम्पदाको पुनःनिर्माण सकिएको दाबी गरेको छ ।

उपत्यकाको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये हनुमानढोका दरबार परिसरका २९ सम्पदा क्षतिग्रस्त भएकामा १४ को पुनःनिर्माण सकाइएको दाबी पनि गरिएको छ ।

पुरातत्व विभागमार्फत् १६१, पशुपति क्षेत्र विकास कोषमार्फत् २० र अरु संघ–संस्थामार्फत् ४२ सम्पदाको पुनःनिर्माण सकिएको सरकारले जनाएको हो ।

बुधबार हाम्रो टोलीले हनुमानढोका क्षेत्रमा देखेको दृष्य तल तस्वीरमा हेर्नोस्

बुधबार हाम्रो टोलीले भक्तपुर क्षेत्रमा देखेको दृष्य तल तस्वीरमा हेर्नोस्

बुधबार हाम्रो टोलीले पाटन क्षेत्रमा देखेको दृष्य तल तस्वीरमा हेर्नोस्