८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


प्रदेश–२ मदरसा बोर्ड गठन गर्ने पहिलो सरकार बन्छ : मुख्यमन्त्री राउत


0
Shares

वीरगन्ज, वैशाख ६ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा सक्षम व्यक्ति निर्माणका लागि शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

शुक्रबारदेखि वीरगन्जमा सुरू भएको मुस्लिम धर्मसँग सम्बन्धित मानवता रक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा उनले मुस्लिम समुदायका केही व्यक्तिहरूको गलत प्रचार र व्याख्याले मुस्लिम समुदायलाई आतंकवादीको दृष्टिले हेर्ने गरिएको तर मुस्लिम समुदायले सबै मानवको शान्ति चाहने बताए ।

देशभित्रका विभिन्न जातजाति र धर्म–सम्प्रदायबीचका असहमति, ईष्र्या, द्वेषलाई धार्मिक सद्भावमार्फत् अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री राउतले प्रदेश–२ को सरकारले विधयेक छलफलका लागि पठाएको जानकारी दिँदै मदरसा बोर्ड गठन गर्ने पहिलो सरकार बन्ने दाबीसमेत गरे ।