भर्ना नै नभएका विद्यार्थीलाई कक्षा–८ उत्तीर्णको प्रमाणपत्र दिएको खुलासा « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


भर्ना नै नभएका विद्यार्थीलाई कक्षा–८ उत्तीर्णको प्रमाणपत्र दिएको खुलासा


0
Shares

                                                                 फाइल फोटो

जाजरकोट, साउन १७ । जाजरकोको एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा–८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ ।

जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्चमाविमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा–८ को प्रमाणपत्र उपलब्ध गराएको भेटिएको हो ।

निमित्त प्रधानाध्यापक बलदेव साहका दुई छोरा जयप्रकाश साह, ओमप्रकाश साह र स्थानीय भुर–७ कै शैलेन्द्र रानालाई विद्यालयमा भर्ना नै नगरी हचुवाको भरमा कक्षा–८ को जिल्लास्तरीय परीक्षामा सहभागी गराएको भन्दै प्रमाणपत्र उपलब्ध गराएको नाम नबताउने सर्तमा एक शिक्षकले बताएका छन् ।

विद्यालयमा भर्ना नै नभएका फर्जी विद्यार्थीलाई कीर्ते परीक्षार्थी बनाइ यस्तो अवैध काम भएको सत्य बाहिर आएपछि शिक्षकबीच मनमुटाव भएको छ ।

निमित्त प्रधानाध्यापक साहसँग टेलिफोन गर्दा सम्पर्क हुनसकेको छैन ।

यता, जिल्ला शिक्षा कार्यालयले छानबिनपछि कारबाइ गरिने जनाएको छ ।