
काठमाडौं, साउन १७ । पूर्वगृहमन्त्री भोजराज घिमिरेको सोमबार ८६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ ।
घिमिरे २०२९ सालमा सबैभन्दा कान्छा मन्त्रीकोरुपमा भूमिसुधार राज्यमन्त्री भएका थिए ।
२०३० सालमा खाद्य, कृषि, सिँचाइमन्त्री, त्यसपछि सोही वर्ष गृह, कानुन तथा न्यायमन्त्रीमा नियुक्त भएका घिमिरेले विकेन्द्रीकरण आयोगको संयोेजक, बृहत्तर जनकपुर विकास कोषको अध्यक्षलगायत थुप्रै राजनीतिक नियुक्ति पाएका थिए ।
पछिल्लो समय उनी राप्रपानिकट मानिन्थे ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापासँग निकैनिकट रहेर काम गरेका घिमिरेले आफ्नो कार्यकालमा भ्रष्टाचार अन्त्यका लागि मेहनत गरेका थिए ।
दुई वर्षदेखि ढाडको समस्याले थलिएका घिमिरे पछिल्लो समय निमोनियाले ग्रस्त थिए ।
प्रतिक्रिया दिनुहोस्