जाँदा जाँदै ओलीले निकुञ्जको सीमा नै हेरफेर गरे, कमलनयनाचार्यलाई फाइदा « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


जाँदा जाँदै ओलीले निकुञ्जको सीमा नै हेरफेर गरे, कमलनयनाचार्यलाई फाइदा


0
Shares

काठमाडौं, साउन २१ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र मन्दिर लगायत संरचना बनाएर विवादमा तानिएका मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यलाई सरकारले कारवाहीबिनै उन्मुक्ति दिएको छ ।
केपी ओली सरकारले साउन ५ गते साँझ मन्त्रिपरिषदबाटै निर्णय गराई स्वामीलाई उन्मुक्ति दिएको खुलासा भएको हो । मन्त्रिपरिषदले गरेको सीमा सार्ने निर्णय सार्वजनिक भने गरिएको छैन ।
उक्त निर्णयअनुसार निकुञ्जको ३७ हेक्टर वन क्षेत्र निकुञ्ज सीमाभन्दा बाहिर रहने छ । यस्तो निर्णयसँगै स्वामीले कब्जा गरेको जग्गा र उनले बनाएका संरचनामा निकुञ्जको हक लाग्नेछैन ।
वन मन्त्रालयका अधिकारीले मन्त्रिपरिषदले निकुञ्जको सीमा हेरफेर गरी स्वामीको कामलाई वैधता दिएको स्विकारे । मन्त्रालयका निमित्त प्रवक्ता प्रेमनारायण कँडेलले निकुञ्जको सीमा हेरफेर विषयमा निर्णय भइसकेको जानकारी दिए ।
बिना स्वीकृति निकुञ्ज क्षेत्रमा भौतिक निर्माणका काम गरेको आरोपमा अघिल्लो वर्ष असार २९ मा निकुञ्जले स्वामीका सहायकलाई गिरफ्तार गरेको थियो । उनीमाथि थप कारवाही भने भएन, बरु स्वामीका सहायक कमाउने निकुञ्जका तत्कालिन प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको सरुवा भयो । –नागरिक दैनिकबाट