१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


गुल्मीमा १४ वर्षीया बालिका बलात्कृत


0
Shares

तम्घास, वैशाख ५ । गुल्मीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीया बालिकालाई पाल्पा, तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।

मामाघर गएर आमासँगै घर फर्कनेक्रममा मियाँले बालिकालाई ‘घरसम्म पुर्‍याइदिन्छु’ भन्दै बुधबार मोटरसाइकलमा लिएर आएको र बाटोमै बालिकालाई पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

‘कसैलाई नभन्नू’ भन्दै बालिकालाई रु ५०० दिएर फरार भएका मियाँलाई जिल्ला प्रहरी कार्यालय र अर्घाखाँची जिल्लाको अर्घातोष प्रहरीचौकीको संयुक्त प्रहरी टोलीले एउटा घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

निजलाई जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाइने प्रहरी उपरीक्षक बस्नेतले बताए । रासस