काठमाडौं, असार २६ । जापानको पश्चिमी हिरोसिमा क्षेत्रमा भारी वर्षा पछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।
जापानमा तीन दशक यता वर्षाका कारण यति ठूलो संख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक हो । अझै धेरै भन्दा बढी मानिस हराइरहेका छन् ।
७० हजार भन्दा बढी उद्धारकर्मीहरुले माटो र भग्नावशेषमा पुरिएकाहरुको खोजी गरिरहेका छन् ।
नदीहरुमा पानीको सतह बढेपछि २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएका छ ।
गत बिहिवार यता पश्चिमी जापानमा परेको पानी पूरै जुलाई महिनामा पर्ने पानी भन्दा पनि तिन गुणा बढी परेको छ ।
मौसमविद्हरुले यस किसिमको भारी वर्षाको अनुभव कहिल्यै नगरेको बताएका छन् ।
बाढी प्रभावित क्षेत्रहरुमा अझै केही दिन भारी वर्षा हुने बताइएको छ ।
बाढी संकटका कारण प्रधानमन्त्री शिन्जो आबेले विदेश भ्रमणको कार्यक्रम रद्ध गर्नु भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्