३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


नेवि संघको विवाद टुङ्गियो, आमरण अनसन टुङ्गिएन


0
Shares

काठमाडौं, साउन २६ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको प्रतिनिधि छनोट विवाद टुंगिएको छ ।

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको संयोजकत्वको निर्देशन समितिले प्रतिनिधि विवाद टुंग्याएको हो ।

समितिको मंगलबार राति बसेको बैठकले सर्वसम्मत रुपमा प्रतिनिधि छनोट विवाद टुंगो लगाएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

नेवि संघको महाधिवेशनका लागि ११ वटा जिल्लामा प्रतिनिधि चयन हुन नसकेपछि बन्दसत्र प्रभावित हुँदै आएको थियो ।

तर मातृ पार्टीले त्यसमा हस्तक्षेप गरी विवादित देखिएका जिल्लामा बराबरको संख्यामा प्रतिनिधि चयन गराउने सहमति गरेपछि प्रतिनिधि छनोट विवाद टुंगिएको हो ।

निर्देशन समितिले प्रतिनिधिको विवाद मिलाएपछि अब सोमबारदेखि स्थगित महाधिवेशनको बन्दसत्र बुधबार १२ बजेबाट सुरु हुने भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य पौडेलले महाधिवेशनको बन्दसत्र बुधबारबाटै सुरु हुने र निर्वाचनमार्फत् नेतृत्वको टुंगो लाग्ने बताए । उनले अनसनमा बसेका विद्यार्थी नेताहरुसँग पनि बुधबार छलफल गरी अनसन तोडाउन प्रयास गरिने जानकारी दिए ।

प्रतिनिधि छनोटको विषयलाई साउन १५ गतेदेखि विद्यार्थी नेताहरु गणेश सापकोटा र रत्नहरि ढुंगेल आमरण अनसनमा बसेका छन् । उनीहरुको अवस्था गम्भीर छ । सापकोटालाई ओम अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ ।