
सप्तरी । भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीले बैंकमार्फत राजश्व संकलन कार्य सुरु गरेको छ ।
पछिल्लो समय कार्यालयमा देखिएको भ्रष्टाचारलाई नियन्त्रण गर्ने उद्देश्यले बुधबार बाट बैंकमार्फत राजश्व संकलन कार्य सुरु गरिएको हो ।
यसअघि राजश्व नगद नै संकलन भईरहेकोले कार्यालयमा पैसाको कारोवार हुने गरेको थियो ।
बैंकमार्फत राजश्व संकलन थालिएसँगै अब कर्मचारीले पैसा मागेको खण्डमा भ्रष्टाचार भईरहेको विषयमा तत्कालै जानकारी हुने र त्यस्ता कर्मचारीलाई सिधै कारवाही गर्ने कार्यालयले जनाएको छ ।
मालपोत कार्यालयमा निजीस्तरका एक बैंकले ‘राजश्व संकलन काउण्टर’ समेत सञ्चालनमा ल्याएको छ ।
दुई महिना यता कार्यालयका तीन जना कर्मचारलाई सेवाग्राहीसँग घुस लिदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्