
काठमाडौं, साउन २६ । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी ‘भी–नाइन्टिन चित्रकला’ प्रदर्शनीमा अवलोकनकर्ताहरुको घुइँचो बढेको छ ।
समाजसेवी महावीर पुनले गत सोमबार उद्घाटन गरेको प्रदर्शनीमा १९ जना कलाकारको कलाकृति राखिएका छन् ।
प्रदर्शनीमा राखिएका चित्रहरुको बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम महावीर पुनले स्थापना गर्ने भनिएको राष्ट्रिय आविष्कार केन्द्रका लागि जाने बताइएको छ ।
प्रदर्शनीमा जया शर्मा, मन गुरुङ, ऋृतु थापा, जुजुकाजी श्रेष्ठ, उमा खड्का, ध्रुवराज शर्मा, भुफान लिम्बुलगायतका कलाकारहरुका चित्र बिक्रीमा राखिएका छन् ।
प्रदर्शनीमा १० हजारदेखि २ लाख रुपैयाँ मूल्यसम्म पर्ने ७३ ओटा चित्र छन् । ७३ ओटा चित्रमध्ये ६९ ओटा चित्रमात्र यो अभियानमा राखिएको कलाकार जया शर्माले जानकारी दिइन् ।
प्रदर्शनी साउन २८ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्