
रोल्पा, साउन २७ । सभामुख ओनसरी घर्तीले सबै दल मिलेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताएकी छन् ।
आदिवासी जनजाति पत्रकार महासंघको वार्षिकोत्सवको अवसरमा विहीबार रोल्पाको लिवाङमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले नेपाली जनताको सार्वभौमिकताजस्ता कुरामा परिवर्तन हुन नसक्ने बताइन् ।
उनले संसदबाहिर रहेका दलका मागसमेत संविधान संशोधनमार्फत् सम्बोधन गरेर संविधान कार्यान्वयन गर्न सुझाव दिइन् ।
सत्ता समीकरणका समयमा दलहरुबीच पक्ष/विपक्ष बन्नु लोकतान्त्रिक अभ्यास भएपनि राष्ट्रिय एजेन्डामा एकजुट हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्