२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मैथिली र भोजपुरी फिल्मकी नायिका डोलीको समन्वयमा २५० बालबालिकालाई राहत


0
Shares

राजविराज, साउन २७ । सप्तरीको दिघवा गाउँ विकास समितिका बाढीपीडित दलित बालबालिकालाई विहीबार लुगा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

मैथिली तथा भोजपुरी सिनेमाकी नायिका डोली सरकार र नेपाल टेलिभिजनका सप्तरी संवाददाता श्यामसुन्दर यादवको समन्वयमा २ सय ५० दलित बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो ।

दलित बालबालिकामा वितरित सामान विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् ।