सरकारमा जान गच्छदारका शर्त : उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय • Image Khabar Image Khabar


सरकारमा जान गच्छदारका शर्त : उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय


Imagekhabar
२८ श्रावण २०७३, शुक्रबार १३:१४

सरकारमा जान गच्छदारका शर्त : उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय

काठमाडौं, साउन २८ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए सरकारमा सहभागी नहुने भएको छ ।

बिहीबार तीनकुनेस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए आफूहरुको अपमान हुने र सम्मानजनक स्थान नपाए सरकारमा नजाने बताए ।

केपी ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । साथै प्रधानमन्त्रीको निर्वाचनमा पुष्पकमल दाहालको पक्षमा मतदान गरेको थियो ।

१२ औं पटक मन्त्री हुने सोचमा रहेका गच्छदारलाई सरकारमा सहभागी नगराउन प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाले प्रधानमन्त्री दाहाललाई दबाब दिदैं आएका छन् । –राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्