१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


शक्ति सन्तुलन मिल्न नसक्दा एकीकरण हुन सकेन : राणा


0
Shares

                                                                फाइल फोटो

काठमाडौं, साउन २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले राप्रपा नेपालसँगको शक्ति सन्तुलन मिल्न नसकेका कारण पार्टी एकीकरण हुन नसकेको बताएका छन् ।

संवाद क्लब नेपालद्वारा शनिबार राजधानीमा आयोजित अन्तरक्रियामा नेता राणाले राष्ट्रिय अध्यक्ष र कार्यकारी अध्यक्षको काम, कर्तव्य र अधिकारलाई सन्तुलित बनाउन राप्रपा नेपालले नमानेका कारण एकीकरण रोकिएको जिकिर गरे ।

उनले भने–‘राप्रपा नेपालसँग एकता प्रक्रिया अन्त्य नभएर अवरुद्धमात्र भएको हो, निकट भविष्यमा एकताको सम्भावना छ ।’

तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सम्बन्धित मन्त्री दीपक बोहरालाई पार्टीले निर्देशन दिएको जानकारी उनले दिए । रासस