१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सडकबाट तानेर भएपनि निर्वाचन गराउन बाध्य पार्छौं : भट्टराई


0
Shares

बुटवल, साउन २९ । नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन गराउन सरकारलाई बाध्य पार्ने बताएका छन् ।

प्रेस चौतारीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले सचिव भट्टराईले ‘सरकार संविधान असफल गराइ निर्वाचनबाट भागे सडकबाट तानेर भएपनि निर्वाचन गराउन बाध्य पार्ने’ बताएका हुन् ।

उनले ‘संविधान असफल बनाउने षड्यन्त्र सुरु भएको’ भन्दै ‘एमालेले संविधानको रक्षा गर्न सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने’ बताए ।

सचिव भट्टराईले ‘संविधान संशोधन गराएर मधेसमा दुई प्रवेश कुनैपनि हालतमा कायम गर्न नदिने’ बताए ।