छात्रावासमा 'भूत' को त्रास, छात्राहरु रोएर हैरान • Image Khabar Image Khabar


छात्रावासमा ‘भूत’ को त्रास, छात्राहरु रोएर हैरान


Imagekhabar
३० श्रावण २०७३, आईतवार १३:५८

छात्रावासमा 'भूत' को त्रास, छात्राहरु रोएर हैरान

सिमकोट, साउन ३० । सबैले मिलनसार दिदीका रुपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासको सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ । अरुको काममा सहयोग गर्ने छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य काममा समेत सुझाव दिने ऐडीको बोली निकै परिवर्तन भएको छ ।

मिजासिला शव्द र सम्मानजनक भाषा प्रयोग गर्ने कक्षा दसमा अध्ययनरसत सिद्धाले एक सातायता अश्लील शब्द प्रयोग गर्न थालेकी छिन् । आफ्नो शरिरका बारेमा थाहा नपाएको बताउने सिद्धाले जहिले पनि आफूलाई कुटेर मारेको भन्दै नजिक आउने सबैलाई हकार्ने र निकै अश्लील शब्द प्रहार गर्ने गर्छिन् । घरी आफैं जमिनमा लम्पसार पर्ने त घरी अर्की महिला (भूत आएर आफूलाई हिर्काउन थालेको भन्दै सिमकोट बजारनै थर्काउने गरी रुन्छिन् ।

सिद्धा बसेकै छात्रावासकी पुष्पा रावतको अवस्था पनि फरक छैन । एकैछिन सामान्य अवस्थाकी पु्ष्पा आफूलाई लिन ऊः पर आई भन्दै होस गुमाउछिन् । अनुहार छेकेका दुईजना अधबैंसे महिलाले (भूत) आफ्नो घर जाउँ भनी हैरान पार्दै आफू नजिक आएको बताउने उनी अधिकांश समय रोएर बस्छिन् ।

छिनभरमै सामान्य अवस्थामा आएको बेला आफूलाई थाहा नभएको बताउने पुष्पा अनुहार छोपेकी महिलाले आफूलाई छोएपछि बेहोस हुने बताउँछिन् । आफूलाई होस नभएको बेला के गरियो भन्ने उनी आफैंलाई थाहा हुँदैन् ।

मानसरोबर उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बास्मती फडेराको दैनिकी पुष्पा र सिद्धाको भन्दा अझ दृदयविदारक छ निकै कम बोल्ने स्वाभावकी बास्मतीको अधिकाशं समय गएको एकसाता देखि रुँदै वितेको छ । छात्राबासको दक्षिणतर्फ दुई महिला(भूत) आएर आफ्नो शरीरमा छोएपछि एकनास रुन मन लागेको बताउने उनी सामान्य अवस्थामा आउँदा आफूलाई डरले कहिले त्यो छात्राबास छोडेर घर जाउँजस्तो लागेको सुनाउँछिन् ।

छात्रावासमा भएका २० जनालाई खाना पकाउने भान्से विमला रावलको अवस्था पनि उस्तै छ । झट्ट सुन्दा नाटकीय लाग्ने जस्तो उक्त दैनिकी गएको एक सातादेखि सदरमुका सिमकोटकै मुटुमा रहेको जिल्लाको एक मात्रै महिला छात्रावासको हो ।

जिल्ला शिक्षा कार्याल यमार्फत नेपाल सरकारले सञ्चालन गरेको उक्त छात्रावासमा आश्रय लिएर बसेका २० जनामध्ये भान्सेसहित ५ जनालाई फरकफरक भूत लागेपछि छात्रावासको दैनिकी नै फेरिएको छ ।
-नवराज महतारा, अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्