२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उपराष्ट्रपतिद्वारा काठमाडौं–कराँची हवाई सेवा पुनः शुरु गर्न पाकिस्तानको ध्यानाकर्षण


0
Shares

काठमाडौं, साउन ३० । उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं–कराँची हवाई सेवा बन्द भएकोले खाडी मुलुकमा काम गर्न जाने नेपालीहरु मर्कामा परेको भन्दै काठमाडौं–कराँची हवाई सेवा पुनः शुरु गर्न पाकिस्तान सरकारको ध्यानाकर्षण गराएका छन् ।

पाकिस्तानको ७०औं स्वतन्त्रता दिवसको अवसरमा आइतबार नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले काठमाडौं–कराँची हवाई सेवा पुनः शुरु गर्न पाकिस्तानी राजदूतको ध्यानाकर्षण गराएका हुन् ।

उनले यसले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एमाले नेता भरतमोहन अधिकारीले नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझै उचाईमा पु¥याउन दुई देशबीच प्रबुद्ध समूह गठन गर्नुपर्ने सुझाव दिए ।

पाकिस्तानी राजदूत मजहर जावेदले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा नेपाल र पाकिस्तानको समान धारणा र एजेन्डा रहँदै आएको बताउँदै आगामी दिनमा पनि सहकार्य अझै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।