
काठमाडौं, साउन ३२ । केही समयअघि अफगानिस्तानको काबुलमा १३ जना नेपालीको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।
श्रम सचिव विष्णु लम्सालको नेतृत्वमा २०७३ असार ९ गते मन्त्रिपरिषदले गठन गरेको कार्यदलले मंगलबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित बासस्थानको ग्यारेण्टी गरेर मात्रै सुरक्षा गार्डमा नेपाली कामदार पठाउन सकिने सुझाव दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले विदेशमा रोजगारीका लागि गएका नेपालीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने सरकारको स्पष्ट धारणा रहेको बताएका थिए । प्रतिवेदन अध्ययन गरेर यसबारे मन्त्रिपरिषदको बैठकमा छलफल गरी निर्णय गरिनेछ जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्