घडेरी किनबेच व्यवसायमा सेना संलग्न • Image Khabar Image Khabar


घडेरी किनबेच व्यवसायमा सेना संलग्न


Imagekhabar
१ भाद्र २०७३, बुधबार १३:०५

घडेरी किनबेच व्यवसायमा सेना संलग्न

काठमाडौं, भदौ १ । सुन्दा अचम्म लाग्न सक्छ । मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनालाई अघि बढाउने महत्वपूर्ण भूमिका पाएको नेपाली सेना ‘घडेरी बेच्ने’ काममा पनि लागेको छ ।

सैनिक कल्याणकारी कोष अन्तर्गत रहेर सेनाले जग्गा खरिद गरेर त्यसलाई प्लटिङ गरी बिक्री वितरण गरिरहेको छ ।

सेनाले ‘घडेरी योजना’ अन्तर्गत बहालवाला, अवकाशप्राप्त तथा लडाईमा मृत्यु भएका सैनिकका आश्रित परिवारहरुलाई किस्ताबन्दी र पुरा भुक्तानीमा जग्गा बिक्री गरिरहेको छ ।

यसका लागि सेनाले सुनसरीको इटहरीमा ११ सय ८ वटा, पोखराको फूलबारीमा ७२ र राधाकृष्ण टोलमा १ सय ५१ तथा चितवनको पिठुवामा २ सय ८९ गरी जम्मा १ हजार ६ सय ४४ वटा घडेरी बिक्री गरिसकेको छ ।

काठमाडौं उपत्यकाको कीर्तिपुरमा २ सय २६ र दुवाकोटमा १ सय २२ रोपनी जग्गा सेनाले खरिद गरिसकेको छ । यो जग्गालाई पनि घडेरी बनाएर संगठनभित्र बिक्री गरिने सेनाले जनाएको छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्