विद्युत प्राधिकरणको आधा आम्दानी भारतलाई • Image Khabar Image Khabar


विद्युत प्राधिकरणको आधा आम्दानी भारतलाई


Imagekhabar
१ भाद्र २०७३, बुधबार १३:१८

विद्युत प्राधिकरणको आधा आम्दानी भारतलाई

काठमाडौं, भदौ १ । नेपाल विद्युत प्राधिकरणले एक वर्षमा जति आम्दानी गर्छ त्यसको आधाभन्दा बढी हिस्सा भारतलाई बुझाउने गरेको छ ।

नेपालले भारतसँग बिजुली खरिद गरेबापत आर्थिक वर्ष २०७२/७३ मा १६ अर्ब ५० करोड चुक्ता गरेको छ । प्राधिकरणले गत वर्ष ३२ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । भारतलाई तिर्ने रकम प्राधिकरणको कुल आम्दानीको ५१.५६ प्रतिशत हो ।

अघिल्ला वर्षको तुलनामा गत वर्ष बढी बिजुली खरिद भएकाले बढी रकम तिर्नुपरेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्