राष्ट्रपतिले बाँधिन् ‘राखी’ • Image Khabar Image Khabar


राष्ट्रपतिले बाँधिन् ‘राखी’


Imagekhabar
३ भाद्र २०७३, शुक्रबार ०१:०३

राष्ट्रपतिले बाँधिन् ‘राखी’

काठमाडौं, भदौ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा विहीबार राखी बाँधेकी छन् ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौंका निर्देशक ब्रह्माकुमारी राज दिदीले वैदिक परम्पराअनुसार राष्ट्रपति भवन, शीतलनिवासमा सम्पूर्ण नेपालीको सुख, शान्ति र समग्र विश्वशान्तिको कामनासहित पवित्रताको सूचक ‘राखी’ बाँधिदिएकी हुन् ।

यसैगरी, पण्डित खेमचन्द्र ढकालले पनि सम्पूर्ण नेपालीको दीर्घायु र ऐश्वर्यको कामनासहित राष्ट्रपतिलाई रक्षाबन्धन गरेको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्