वन समूहको बैठकमा विवाद, ढुंगाले हानेर ‘हत्या’ • Image Khabar Image Khabar


वन समूहको बैठकमा विवाद, ढुंगाले हानेर ‘हत्या’


Imagekhabar
३ भाद्र २०७३, शुक्रबार ०२:०४

वन समूहको बैठकमा विवाद, ढुंगाले हानेर ‘हत्या’

रोल्पा, भदौ २ । वन समूहको बैठकमा विवाद हुँदा रोल्पाको जौलिपोखरीमा विहीबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६३ वर्षीय खरवीर बस्नेत छन् ।

भीरकुना सल्लेरी सामुदायिक वन उपभोक्ता समूह जौलिपोखरी–२ लामीडाँडाको बैठकमा भएको विवादमा स्थानीय बलबहादुर बुढाले ढुंगाले हानेर बस्नेतको हत्या गरेको प्रहरीले जनाएको छ ।

रुख काटेको विषयमा उपभोक्ता समिति र बस्नेतबीच यसअघि नै मिलापत्र भइसके पनि मादकपदार्थ सेवन गरेका कारण उनीहरुबीच भएको विवादले उग्ररुप लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्