भाइरल ज्वरोका बिरामी बढे • Image Khabar Image Khabar


भाइरल ज्वरोका बिरामी बढे


Imagekhabar
३ भाद्र २०७३, शुक्रबार १६:०४

भाइरल ज्वरोका बिरामी बढे

डडेल्धुरा, भदौ ३ । डडेल्धुरामा भाइरल ज्वरोका बिरामी बढेका छन् । लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

बिरामीको संख्या बढ्दै गएपछि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा चाप बढेको छ । भाइरलका कारण मन्द ज्वरो आउने, हातखुट्टा दुख्नेलगायतका समस्या देखिएपछि सर्वसाधारण उपचारका लागि अस्पताल पुग्न थालेका छन् ।

अहिले दैनिक करिब ३ सयको संख्यामा बिरामी आउन थालेको अस्पतालले जनाएको छ । विशेषगरी बालबालिका, महिला र बृद्धबृद्धामा बढी समस्या देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्