१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


उपप्रम निधि र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, मोदीलाई शनिबार भेट्ने


0
Shares

काठमाडौं, भदौ ३ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा भारत गएका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

उक्त भेटमा द्विपक्षीय हित र आपसी सम्बन्धमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री निधिले शुक्रबारै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गरेका थिए ।

उनले शुक्रबारै साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जी र शनिबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि विहीबार भारत प्रस्थान गरेका हुन् । रासस