
काठमाडौं, भदौ ४ । नेपाल विद्यार्थी संघका नवनिर्वाचित अध्यक्ष नैनसिंह महरले आफूले विद्यार्थीको हितका लागि काम गर्ने बताएका छन् ।
नेवि संघको ११ औं महाधिवेशनमा पराजित मनोजमणि आचार्य नेतृत्वको प्यानलले आज राजधानीमा गरेको चियापान तथा बधाई कार्यक्रममा नवनिर्वाचित अध्यक्ष महरले संगठनभित्र कसैलाई काखापाखा नगरिने बताए ।
उनले विद्यार्थीका साझा मुद्दामा देशभरका विद्यार्थीबीच एकता बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गरे । आफ्नो जित व्यक्तिगत नभई समग्र नेवि संघको भएको उनको भनाइ थियो ।
अध्यक्षमा पराजित मनोजमणी आचार्यले आफूले हारेर पनि नेवि संघलाई जिताएको बताए । उनले आफ्नो सम्पूर्ण सहयोग नयाँ कार्यसमितिलाई हुने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्