
काठमाडौं, भदौ ४ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
भेटमा गृहमन्त्री निधीले नेपालमा भइरहेको राजनीतिक संक्रमणको अन्त्यको प्रयास, नयाँ सरकार गठनपछिको अवस्था, मधेसीलगायत आदिवासी जनजातिले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले गरिरहेको प्रयासलगायतका विषयमा जानकारी दिएका थिए ।
त्यसैगरी दुई पक्षीय सम्बन्धलाई थप मजबुद बनाउन गर्न सकिने विषयमा पनि गृहमन्त्री निधी र भारतीय प्रधानमन्त्री मोदीबीच छलफल भएको थियो ।
बिहीबार नयाँ दिल्ली गएका निधीले त्यहाँका राष्ट्रपति प्रणव मुखर्जी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेटवार्ता गरिसकेका छन् । उनीहरुबीच द्विपक्षीय सम्बन्ध र सहयोगलगायतका विषयमा छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्