क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै छलफलै भएको छैन : पौडेल • Image Khabar Image Khabar


क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै छलफलै भएको छैन : पौडेल


Imagekhabar
४ भाद्र २०७३, शनिबार २१:५६

क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै छलफलै भएको छैन : पौडेल

चितवन, भदौ ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवाले सहयोग मागे आफू सहयोग गर्न तयार रहेको बताएका छन् ।

प्रेस युनियन चितवनले शनिबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले विगतमा मन्त्री छान्ने प्रक्रिया पार्टीमा सबैसँग सल्लाह गरेरमात्र हुने गरेकाले योपटक पनि त्यस्तै हुने विश्वास व्यक्त गरे ।

उनले पुष्पकमल दाहालको नेतृत्वमा गठन हुने सरकारमा जाने निर्णय छलफलबाटै भएपनि त्यसयता पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनैपनि छलफल नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्