
रौतहट, भदौ ४ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन या पुनर्लेखन नभए खारेज हुने बताएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा शनिबार संघीय गठबन्धनले गरेको कार्यक्रममा अध्यक्ष यादवले मुलुकमा अहिलेसम्म ६ ओटा संविधान खारेज भइसकेकाले अहिलेको संविधान पनि खारेज भए केही फरक नपर्ने बताए ।
उनले सरकारले तराई–मधेससहित सीमान्तकृत वर्गको पहिचान, स्वायत्तता र समावेशीको सुनिश्चितता गराउन नसके दसैं–तिहारपछि अर्को आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्