२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024


अफगानिस्तानको महत्वपूर्ण खानावाद जिल्ला तालिबानद्धारा कब्जा


0
Shares

काठमाडौं, भदौ ४ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको महत्वपूर्ण खानावाद जिल्ला तालिबानले कब्जा गरेको छ ।

अफगान अधिकारीहरुले तालिबान लडाकूले विभिन्न दिशाबाट भीषण आक्रमण गरेकाले सरकारी सेना कुन्दुज सहरबाट पछि हट्न बाध्य भएको जनाएका छन् ।

प्रर्याप्त हातहतियार र गोली–गठ्ठाका कारण खानावाद जिल्लामा पराजय व्यहोरेको स्थानीय अधिकारीहरुले दाबी गरेका छन् ।

गत सेप्टेम्बरमा तालिबानले कुन्दुजमा आक्रमण गरी कारागारबाट आफ्ना १ सय ५० सहित ६ सय कैदीलाई भगाएको थियो ।

अफगानिस्तानबाट सन् २०१४ मा नेटो गठबन्धन सेनाले औपचाारिकरुपमा सैन्य अभियान पूरा गरेपनि तालिबानको शक्ति बढ्दै गएको छ ।

अफगान सेनाले मुलुकको ३४ प्रान्तमध्ये आधाजसोमा तालिबान लडाकूसँग संघर्ष गरिरहेको छ ।

गत हप्तामात्र तालिबानले बाग्लान प्रान्तमा पनि एउटा जिल्ला कब्जा गरेको थियो । (एजेन्सी)