काठमाडौं, भदौ ५ । रियो ओलम्पिकको अन्तिम पदक तालिकामा अमेरिकाले शिर्ष स्थान ओगट्ने निश्चित भएको छ ।
अन्तिम दिनको खेल मात्रै बाँकी रहँदा अमेरिकाले ४३ स्वर्ण पदक जित्दै ओलम्पिक च्याम्पियन बन्ने पक्का गरेको हो ।
दोस्रो स्थानको बेलायतको २७ स्वर्ण पदक मात्रै रहेकोले अमेरिकालाई अब पदक तालिकामा कसैले उछिन्ने संभावना सकिएको छ । २५ स्वर्ण पदक जितेको चीन यसपटक तेस्रो स्थानमा समेटिएको छ ।
१७ स्वर्ण जितेको रुस चौथो स्थानमा छ भने समान १७ स्वर्ण पदक जितेको जर्मनी रजत पदकको आधारमा पाँचौ स्थानमा छ ।
यसैगरी छैटौं स्थानको जापानले १२ वटा स्वर्ण पदक जितेको छ । फ्रान्स र दक्षिण कोरीयाले ९-९ वटा स्वर्ण पदक जितेका छन् ।
रियो ओलम्पिकमा हालसम्म ५१ राष्ट्र तथा एक स्वतन्त्र खेलाडीले स्वर्ण पदक जित्दा पदक तालिकामा ८३ राष्ट्रले नाम लेखाएका छन् ।
प्रतिक्रिया दिनुहोस्