गाइजात्रामा देशभर विदा दिन नेवार समुदायको माग • Image Khabar Image Khabar


गाइजात्रामा देशभर विदा दिन नेवार समुदायको माग


Imagekhabar
५ भाद्र २०७३, आईतवार १९:५१

गाइजात्रामा देशभर विदा दिन नेवार समुदायको माग

दाङ, भदौ ५ । दाङमा रहेका नेवार समुदायले उपत्यका बाहिरका नेवार समुदायलाई राज्यले बेवास्ता गरेको गुनासो गरेका छन् ।

उनीहरुले गाइजात्रा पर्व नेवारहरुको महत्वपूर्ण पर्व भएपनि राज्यले उपत्यकालाई मात्रै महत्व दिएको भन्दै दाङका नेवार समुदाय अगुवाले सरकारले नेपालभरका नेवारलाई एउटै आँखाले हेर्नुपर्ने बताए ।

उनीहरुले गाइजात्रा नेवारको विशेष पर्व भएकाले देशभर नै सरकारी विदा माग गरे ।

गाइजात्राको परम्परा काठमाडौदेखि स्थापना भएपनि अहिले देशभरका नेवार समुदायले विशेष रुपमा मनाउने गरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्