२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु


0
Shares

रौतहट, भदौ ६ । रौतहटको सखुअवा धमौरा गाविस–८ धमौरामा सोमबार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गरुडा नगरपालिका–११ का ट्याक्टरचालक अब्दुल मियाँ र सोही ठाउँका शेख जलाउद्दीन छन् । दुर्घटनामा दीपेन्द्र राम घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरबाट गम्हरिया बिर्ता जाँदै गरेको ना४त १६७१ नम्बरको ट्याक्टर अगाडिको टायर पन्चर भएर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको थियो ।