२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सूचनाको हकलाई आमप्रचलनमा ल्याउन अझै बढी सक्रिय हुनुपर्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौ ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको सही सम्प्रेषणको आधारमा राष्ट्रलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् ।

सूचनाको हकसम्बन्धी कानुन जारी भएको एक दशकमा प्रवेश गरेको अवसरमा राष्ट्रिय सूचना आयोगले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले सूचनाको हकलाई आमप्रचलनमा ल्याउन आयोग अझै बढी सक्रिय हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले जोसुकै व्यक्तिले पनि आफूसँग सम्बन्धित सूचना पाउने व्यवस्था संविधानमै गर्नुपर्ने बताए ।