 
	    रोम, भदौ ८ । इटालीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

राजधानी रोमनजिक रहेको पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।

भूकम्पमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै जना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । अमाट्रिसे शहरका मेयरका अनुसार शहरको आधा भाग पूर्णरुपमा ध्वस्त भएको छ ।

स्थानीय समय अनुसार राति ३ः३० मा भूकम्प गएका कारण घर भत्किदा कयौं पुरिएको आशंका गरिएको छ । उद्धारकर्मीहरु उद्धार कार्यमा जुटेका छन् । (एजेन्सी)




 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्