२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


आरसीटीको लगातार दोस्रो जित, एनआरटी र मध्यपुरले खेले बराबरी


0
Shares

काठमाडौं, भदौ ८ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार सशस्त्र मुख्यालय हलचोक मैदानमा भएको खेलमा आरसीटीले खुमलटार युथ क्लबलाई २–१ ले पराजित गर्‍यो ।

आरसीटीलाई विजयी गराउन पुकार आलेमगर र विदुर रिजालले एक–एक गोल गरे । खुमलटारका सुरज राउतले अन्तिम मिनेटमा सान्त्वना गोल फर्काए ।

त्यस्तै, बुधबारै भएको अर्को खेलमा ‘ए’ डिभिजन प्रवेशका दाबेदार क्लबहरु न्यूरोड टिम (एनआरटी) र मध्यपुर युथ एसोसिएसनले १–१ को बराबरी खेलेका छन् ।

सुवर्णविक्रम कार्कीले ५३औं मिनेटमा मध्यपुरलाई गोल दिलाएकामा अन्तिम मिनेटमा एनआरटीका राकेश गुरुङले बराबरी गोल गरेका थिए ।

यी खेलपछि आरसीटी १४ टोली सहभागी लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी, एनआरटी दोस्रो तथा मध्यपुर तेस्रो स्थानमा रहेको छ ।

शीर्ष दुई टिम ‘ए’ डिभिजनमा पुग्दा पुछारका दुई टिम रेलिगेसनमा पर्नेछन् ।