प्रसव व्यथाले छटपटाइरहेकी महिलाको उद्धार गरी अस्पताल पुर्‍याइयो • Image Khabar Image Khabar


प्रसव व्यथाले छटपटाइरहेकी महिलाको उद्धार गरी अस्पताल पुर्‍याइयो


Imagekhabar
९ भाद्र २०७३, बिहीबार ०२:२५

प्रसव व्यथाले छटपटाइरहेकी महिलाको उद्धार गरी अस्पताल पुर्‍याइयो

सप्तरी, भदौ ८ । विगत तीन दिनदेखि प्रसव व्यथाले छटपटाइरहेकी सप्तरीको गोबरगाढा गाउँकी झुनादेवी यादवलाई बुधबार सशस्त्र प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएका छन् ।

स्थानीय सन्चारकर्मी श्यामसुन्दर यादवको विशेष पहलमा बुधबार सशस्त्र प्रहरी बेस क्याम्पबाट प्रहरी निरीक्षक लालबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले स्टेचरमा बोकेर अस्पताल पुर्‍याएको हो ।

झुनाको स्तनमा संक्रमण रहेको र ज्वरोसमेत आएको अस्पतालकी चिकित्सक डा. दीपा यादवले जानकारी दिइन् ।

झुनाका पति दुःखी यादव रोजगारीका लागि भारत गएका छन् ।

प्रतिक्रिया दिनुहोस्