
काठमाडौं । नयाँ बर्ष २०७६ को अवसर पारेर सरकारले सबै नेपालीको बैंक खाता अभियान आजबाट सुरु गरेको छ ।
सबै नेपालीको बैंक खाता अभियानको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
चालु बर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न प्रधानमन्त्रीले सबै नेपालीको बैंक खाता योजना सुरुवात गरेका हुन् ।
यस अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गरेका छन्।
अभियानमा खाता नहुनेहरुलाई समेट्न राष्ट्र बैंकले सहुलियत दिएको छ ।
केन्द्रीय बैंकले संस्थागत सामाजिक सुरक्षामा छुट्याइएको बजेट यो योजनामा लगाउने पाउने सहुलियत दिएको हो । जसले गर्दा नयाँ खाता खोल्नेले सुरुमै खातामा १०० रुपैयाँ पाउने छन् ।
कृषि विकास बैंक, बैंक अफ काठमाडौं, सेन्चुरी, सिटिजन्स, सिभिल, एभरेष्ट, ग्लोबल आईएमई, हिमालयन, जनता, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, मेगालगायतका बैंकका शाखामा निःशुल्क खाता खोल्न सकिन्छ ।
उक्त अभियानमा प्रधानमन्त्री ओलीका बुवा मोहन प्रसाद ओली र सासू (राधिका शाक्यकी आमा) धनमाया शाक्यले ‘खोलौं बैंक खाता’ अभियानमा सहभागी भएका छन् ।
ओली र शाक्य दुवैले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका हुन् ।
प्रतिक्रिया दिनुहोस्