
काठमाडौं , भदौ ९ । पहिलो एल्वम ‘उत्तर पूर्व’को सफलताबाट हौसिएकी गायिका सरस्वती लामा भूजेलले दोस्रो एल्बम ‘उर्वसी’ लिएर आउँदै छिन् । शास्त्रीय संगीतको राम्रो ज्ञान राख्ने गायिक लामाले पहिलो एल्बम ‘उत्तर पूर्वमा’ समावेश भएका पाँचवटै गीतको रचना , संगीत ,गायन , मोडलिङ र निर्देशन सबै आफै गरेकी थिईन । दोस्रो एल्बममा भने उनी गायिका र मोडलका रुपमा मात्र देखा पर्ने भएकी छिन् ।
उनले वसन्त सापकोट , नरेश भट्टराई ,गुरुदेव कामत , कृष्ण केसी , भीम राई र डिम्पल वानेमका गीतमा स्वर दिएकी छिन् । रक , पप , आधुनिक , भजन र पूर्वेली गीत गायकी उनले यो एल्वम सबै खाले स्रोताले मनपराउने दावी गरेकी छिन् ।
शास्त्रीय संगीतको राम्रो ज्ञान भएका कारण आफूले सबै खाले गीत गाउन सक्ने उनले बताएकी छिन् । मोडलिङ र गायनलाई एकसाथ अगाडि बढाउने योजना रहे पनि संगीतमै काम गर्ने योजना रहेको लामाले बताईन ।
पहिलो एल्वमको ‘उडिजाने हावाले’ बोलको गीत हिट भएसंगै स्टेज कार्यक्रमहरुमा व्यस्त भएकी उनले दर्शक , स्रोताको अपार मायाका कारण पहिलो एल्वम निकालेको एक वर्ष वित्न नपाउदै दोस्रो एल्वम निकाल्न हौसला मिलेको बताएकी छिन् ।
नयाँ पुस्तालाई रक मन पर्ने , युवा पुस्तालाई पप र अलिक अमेर बढ्दै गएकालाई आधुनिक गीत पर्ने र उमेर ढल्कदै गरेकालाई भजन मन पर्ने भएका कारण एकजना संगीतकर्मीले सबै भाका गाउन सक्नु पर्छ भन्ने लागेर ‘उर्वसी’मा विभिन्न शैलीका गीत राखेको उनले बताईन ।
असोजको पहिलो हप्तासम्ममा बजारमा ल्याउने योजनामा रहेकी उनले ‘उर्वसी’का सबै गीत मान्छेका हाँसो , रोदन र सम्बन्धसंग सम्बन्धित भएका कारण सबैले मन पराउनेमा आफू ढुक्क रहेको बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्